विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर कम्पनले सम्पूर्ण सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो । 

बिहिबार बसेको सञ्चालक समिति बैंठकले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सञ्चालक समितिबाट प्रस्ताव गरिएको लाभांश कम्पनीको आगामी पुस २२ गतेका लागि तय भएको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षमा पनि सेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष कम्पनीले लाभांश घटाएको छ । कम्पनीले पर्वतमा निर्माण गरेको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत केन्द विगत ८ वर्षदेखि सञ्चालित छ ।

रिडीले पनि ५.२६ प्रतिशत लाभांश पारित गर्यो
रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ५.२६ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सबै सेयरधनीका लागि ५ प्रतिशत बोन सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । मंसिर १४ गतेसम्म कायम सेयर धनीले लाभांश पाउने कम्पनीले जनाएको छ । 

कम्पनीले गुल्मीमा निर्माण गरेको २.४ मेगावाटको रिडी खोला साना जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले लगानी गरेको साढे ८ मेगावाटको बुटवल सौर्य विद्युत आयोजना पनि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit