काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य बढेको हो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आइतबार (१५ जुन) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा १.४१ र डिजेलमा १.६७ रूपैयाँले बढेर आएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य बढाइएको हो ।
वृद्धि भएको मूल्य असार २ गते राति १२ बजेबाट लागु हुने निगमले जनाएको छ । साथै निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ ।