विद्युत अपडेट

  • प्राधिकरण : ५८६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६०२२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७९८६ मे.वा.घन्टा
  • आयात : ८४३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८७१६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१४८ मे.वा.
२०८२ माघ २६, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अवधिमा भन्सार कार्यालयबाट कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ सङ्कलन भएकोमा पेट्रोलियम आयातबाट प्राप्त राजस्वको हिस्सा ठूलो देखिएको हो ।

त्यस्तै, यस नाकाबाट राजस्वको दोस्रो ठूलो हिस्सा  आयात भएका यातायातका साधन र तिनको पार्टपुर्जा आयातको रहेको छ । यस्ता साधनबाट कुल १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । राजस्व सङ्कलनमा फलाम, कपडा, इलेक्ट्रिक सामग्री र मदिराजन्य वस्तुको आयातको योगदान रहेको छ ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए ।

चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ६ अर्ब ८३ करोड, कपडाबाट ५ अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, मदिराजन्य पेयपदार्थको आयातबाट भने १ अर्ब ८३ करोड र शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड राजस्व सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३