विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इन्डियन आयाल कर्पोरेसन (आईओसी) ले असोज ३० गते (आइबातर) पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै मूल्य बढेर आएको जानकारी दिएको हो ।

भारतबाट आइतबार बढेर आएको नयाँ मूल्य सूचीअनुसार डिजेल र हवाइ इन्धनको मूल्य बढेको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १.७४ रुपैयाँ, डिजेल प्रतिलिटर १५.६० रुपैयाँ र हवाई इन्धन प्रतिलिटर १०.२५ रुपैयाँले बढेर आएको छ ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार मूल्य बढेर आएपनि निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने अनुमान गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हाल कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा आपूर्ति सुचारु राख्न निगमलाई अझैपनि चुनौती देखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३