विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा सञ्चालित ६०० भन्दा बढी फर्म तथा कम्पनीहरूको सहकार्यमा एकीकृत नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना गर्ने पहल सुरु गरिएको छ । यसका लागि नेपाल लघु जलविद्युत् विकास संस्थाको अग्रसरतामा अघि बढ्ने गरी आवश्यक छलफल, विमर्श र सम्भावित कार्यनीतिका लागि प्रारम्भिक छलफबाट निर्णय भएको नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले जानकारी दिएका छन् । 

उनका अनुसार लघु जलविद्युत् विकास संस्थाका पूर्व अध्यक्ष तथा नवीकरणीय ऊर्जा प्रविधिविद् सुरेन्द्रभक्त माथेमा, संस्थाका पूर्व अध्यक्ष तथा प्रविधिविद् कृष्णप्रसाद देवकोटा, संस्थाका अध्यक्ष तेजनारायण ठाकुर, नेपाल सौर्य विद्युत् उत्पादक संघका पूर्व अध्यक्ष तथा उद्यमी  प्रकाशविक्रम बस्नेतका साथै नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासका क्षेत्रमा सक्रिय व्यक्तित्वको उपस्थितिमा भएको भेलाले नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापनाका लागि सर्वसम्मत निर्णय गरेको हाे ।  

यसका लागि आवश्यक तयारी गर्न उपयुक्त अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई जिम्मेवारी दिने, यस क्षेत्रका विज्ञसहित सबैव्यवसायीलाई कम्पनीमा आवद्ध हुन र सामूहिक प्रयासमार्फत् जलवायु सुधार कार्य, नवीकरणीय ऊर्जा अन्वेषण, प्रवर्द्धन र विकासका लागि हातेमालो गर्न सहभागी हुन आह्वान गर्ने निर्णय गरिएको पनि उनले बताए ।

विश्वव्यापी जलवायु परिवर्तनको असर रोक्न नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम प्रवर्द्धनका लागि नेपालले विभिन्न अनतर्राष्ट्रिय मञ्चहरूमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि निजी यो पहल आवश्यक रहेको उनको भनाइ छ । 

‘सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने, सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा प्रविधिबाट उत्पादन गरिने ऊर्जा तीन गुणा र ऊर्जा सक्षमता दुई गुणा पुर्‍याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसरण गर्ने नीति नेपालले लिएको छ,’ ढकाले भने, ‘दीगो विकास लक्ष्यका लागि नेपालको प्रतिबद्धता पनि स्मरणीय नै छ । यी लक्ष्य पूरा गर्न पनि नवीरकणीय ऊर्जा प्रवर्द्धनको सामूहिक प्रयास आवश्यक छ ।’

उनका अनुसार नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लागेका निजी कम्पनी/फर्महरुको संख्या ६०० भन्दा बढी रहेका छन् । विद्यमान अवस्थामा ती मध्ये केहीले मात्र काम गर्न सकिरहेको अवस्था छ । 

‘मुलुकको ऊर्जा नीति, प्रणाली र जलवायु परिवर्तनको असर कम गर्न नवीकरणीय ऊर्जा प्रविधिलाई प्रवर्द्धन गर्न र पुनरुत्थान गर्न सरकार र विभिन्न निकाय कटिबद्ध रहेको विद्यमान अवस्थामा निजी क्षेत्रका उद्यमीहरूले आफ्नो योग्यता र अनुभवलाई सदुपयोग गर्नु अपरिहार्य भएको छ,’ ढकालले भनेका छन्, ‘यसबाट नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन हुनेछ भने स्थानीय तहमा ऊर्जा उत्पादन व्यवस्थित हुने, स्थानीय प्राकृतिक स्रोत परिचालित हुने र रोजगारीको अवसर वृद्धि हुनेछ । परिवर्तित परिप्रेक्ष्यमा कम्पनी/फर्महरू परिचालित रहेको अवस्थामा पनि एकिकृत प्रयासबाट उच्चस्तरको सेवा तथा सामग्री आपूर्ति हुने, परिस्कृत प्रविधि उपयोग हुने, ऊर्जा उत्पादनको गुणस्तर तथा परिमाणमा सुधार हुने, सामूहिक कार्यशैली विकास हुने भएकोले एउटा नवीकरणीय ऊर्जा प्रवर्द्धन कम्पनी स्थापना गर्न तयारी थालिएको छ ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३