विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र युएसएडको कृषि विज्ञान र्हेने युनिट (युएसएड एग्रिकल्चरल इन्पुट्स) बीच एक सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नेपालमा युरिया मल कारखाना खोल्ने उद्देश्यका साथ आज (जेठ ३ गते) उक्त एमओयू गरिएको हो ।

नेपालमा खाद्यन्य सुरक्षा तथा उत्पादनमा नेपालले लामो समयदेखि काम गर्दै आए पनि युरिया मल कारखाना स्थापनामा अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको अवस्थामा अब ग्रिन हाइड्रोजनमार्फत नतिजामा परिणत गर्न सकिने भएको छ । यसमा गर्नुपर्ने नीतिगत सुधार कानुनी पाटा र अहिलेसम्म यसमा आवद्ध सरकारी तथा गैरसरकारी लगानीकर्तासँगको समन्वयमा काम अगाडि बढाउने योजना रहेको काठमाडौँ विश्वविद्यालय ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले बताए ।

‘विदेशी लगानीकर्ता अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू सबैलाई एक ठाँउमा ल्याएर नेपालमा चाडो र प्रभावकारी रूपमा युरिया मल कारखाना स्थापनामा केयू र युएसएडले सहकार्य गर्नेछन्,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरुमा हालसम्म नेपालमा भएका उपलब्धिको मूल्याङ्कन गर्ने र त्यसमा भएका खाडलहरूको आकलन गरिन्छ ।’

तत्पच्चात्, लगानी तथा निर्माणमा रुचि भएका संघ संस्थाहरूसँग सहकार्य गरी सरोकारवालासँग छलफल सुरु गर्ने थापाले जानकारी दिए । प्राविधिक पक्ष र लगानीकर्ताको आवश्यकतालाई मनन् गरी नेपालमा चाँडोभन्दा चाँडो हरित हाइड्रोजनमार्फत मल कारखानाको स्थापना गर्न केयूले उच्चतम पहल गरिरहेको उनले प्रस्ट्याए ।

केयूले अहिलेसम्म हासिल गरेको ज्ञान र विस्तारित सञ्जाललाई एकै ठाँउमा ल्याएर यस कार्यक्रममा जोडिने उनको भनाइ छ । त्यसमार्फत नेपालमा युरिया कारखानाको स्थापना हुने दिशातिर लैजान दुवै पक्ष जोडिने विषयमा सहमति भएको छ । यसले, नेपालमा चाँडै नै हाइड्रोजनबाट बन्ने हरित युरिया कारखाना खुल्ने र कृषि विकासले नयाँ बाटो समात्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३