विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले डिजल लिटरमा ८.८ रुपैयाँ र पेट्रोल लिटरमा ९.५१ रुपैयाँ घटाएर पठाएको हो ।

आइओसीले मंगलबार (जेठ २ गते) पठाएको नयाँ सूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेकोले आइओसीले इन्धनको मूल्य घटाएको हो ।

आइओसीबाट यसअघि मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो । अहिले निगमले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँले बिक्री गरीरहेको छ । यस्तै, डिजेल/मट्टिलेत प्रतिलिटर १६५ रुपैयाँ रहेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगम जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३