काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मंगलबार उनले राजीनामा पत्र बुझाएको मन्त्री रिजालको सचिवालयका एक सदस्यले बताए ।
उनले २७ मंसिर बुधबारदेखि लागु हुनेगरी राजीनामा बुझाएका हुन् । उनी २०७८ फागुन २६ गते निगमकाे कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वकाे सरकारले थानीलाई ३ वर्षका लागि निगमकाे कार्यकारी निर्देशक नियुक्त गरेकाे थियाे ।