विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिम पर्वत हाइड्रो पावर लिमिटेडले ३३ केभी प्रसारण लाइनको काम एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले साँगु खोला–१ जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने करिब ६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनको काम १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो । 

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्ला विगु गाउँपालिका–६ मा निर्माणाधीन साँगु खोला–१ जलविद्युत आयोजनाको स्वीच्यार्डदेखि सोही गाउँपालिका–८ मा निर्माणाधीन साँगु खोला जलविद्युत आयोजनाको स्वीच्यार्डसम्म ५.८३ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय सुझाव पेश गर्न आग्रह गरेको छ । 

यस प्रसारण लाइनबाट ५.५ मेगावाटको विद्युत प्रवाह हुनेछ । उक्त प्रसारण लाइनमा १२९ वटा पोलहरु खडा गरिनेछ । पोलहरुको अधिकतम उचाई १३ मिटर तथा पोलहरुबीचको औसत दुरी ३०–३५ मिटर हुनेछ । प्रसारण लाइन आयोजनाका लागि ३.५६२ हेक्टर जमिन आवश्यक पर्नेछ अध्ययनले देखाएको छ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुढषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३