विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ला केही दिन यता ओभर लोड (भरिएर) का कारण समस्या आइरहेको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको समस्या सधैंका लागि अन्त्य भएको छ । सिटी (करेन्ट ट्रान्सफर्मर) का कारण कम विद्युत् प्रवाह हुने गरी सञ्चालन गरिएको प्रसारण लाइन क्षमता अनुसार नै सिटी प्रयोगमा ल्याएपछि समस्या समाधान भएको हो ।

वर्षौंदेखि सिटी (करेन्ट नाप्ने ट्रान्सफर्मर) कम क्षमतामा सञ्चालन भइरहेको थाहा पाएपछि नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यहाँका कर्मचारीलाई तुरुन्त क्षमता अनुसार सञ्चालन गर्न निर्देशन दिएका थिए । तर, कर्मचारीले हाल सञ्चालन भइरहेको भन्दा बढी क्षमतामा चलाउन नसकिने अडान लिएका थिए ।

‘तुरुन्त सिटीको फोटो र भिडियो खिचेर पठाउन निर्देशन दिएँ, प्राप्त फोटो र भिडियो हेरेपछि बढी क्षमतामा चलाउन सकिनेमा म विश्वस्त भएँ,’ शाक्यले ऊर्जा खबरसँग भने, ‘सिटीको क्षमता अनुसार चलाउनुस् परेको समस्या म फेस गर्छु भनेपछि कर्मचारीहरू आश्वस्त भए ।’

सिटी पूर्ण क्षमतामा सञ्चालन गर्दा प्रसारण लाइनबाट १ सय २० मेगावाट विद्युत् प्रवाह हुन सक्ने शाक्यले जानकारी दिए । उनका अनुसार यसअघि त्यहाँबाट सय मेगावाटमात्र विद्युत् प्रवाह हुँदै आएको थियो । प्राविधिक वास्तविकता जाानकारी नभएका कारण वर्षौंसम्म यो प्रसारण लाइन ओभरलोड हुँदै आएको थियो ।

अब काठमाडौं उपत्यकामा विद्युत् माग बढी हुँदा यस प्रसारण लाइनमार्फत १ सय २० मेगावाटसम्म विद्युत् ल्याउन सकिन्छ । यसक्रममा ट्रिपिङको समस्या नहुने उनले दोहोर्याए । गत पुस १३ गते मध्यमस्र्याङ्दी जलविद्युत्गृहको पानीको सतह कम भई कम क्षमतामा सञ्चालन गर्दा भारतबाट आउने विद्युत्को परिमाण बढेको थियो ।

भारतबाट बढी विद्युत् आए पनि ढल्केबरबाट खिम्ती हुँदै (खिम्ती–लामोसाँघु) काठमाडौं बिजुली ल्याउन समस्या भएको थियो । त्यतिबेला खिम्ती–लामोसाँघु लाइन ओभर लोड हुँदा काठमाडौं लगायत देशका विभिन्न ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

खिम्ती–लामोसाँघु लाइन ट्रिप हुँदा उपत्यकाभित्र भक्तपुर, बानेश्वर, चाबहिल क्षेत्रमा करिब ७ मिनेट विद्युत् सेवा अवरुद्ध भएको थियो । उपत्यका बाहिर ढल्केबर पश्चिम र कोहोलपुर पूर्व आपूर्तिमा आएको समस्या समाधान गर्न करिब ३० मिनेट लागेको थियो । अहिले उपत्यकाभित्रको बानेश्वर र पाटन सबस्टेसनमा लोडको सन्तुलन पनि मिलाइएको छ ।

प्राधिकरणका अनुसार चालू वर्षको जाडो वा हिउँदमा खिम्तीबाट काठमाडौं आउने लाइन र उपत्यकाभित्र बानेश्वर, भक्तपुर लगायत ठाउँमा समस्या नआउने प्राधिकरणले दाबी गरेको छ । हाल सिंगल सर्किटमा सञ्चालन भइरहेको खिम्ती–लामोसाँघु लाइनलाई डबल सर्किट गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit