विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादनमा असर परेको छ। सम्बद्ध व्यावसायीहरूका अनुसार रसुवाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत उत्पादनमा असर परेको हो ।

जिल्लामा सञ्चालित २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट १६ मेगावाट, १४.८ मेगावाटको माथिल्लो सान्जेनबाट ६ मेगावाट, ४२.५ मेगावाटको तल्लो साञ्जेनबाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट ५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको सम्बन्धित आयोजनाले जनाएका छन् ।

चिसोका कारण विद्युत् उत्पादन उच्च गिरावट आएको सालासुङ्गी जलविद्युत् केन्द्रमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले बताए । ‘अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ,’ उनले भने, ‘पानीको बहाब घटेसँगै क्षमताभन्दा न्यून मात्र विद्युत् उत्पादन गर्न बाध्य छौँ ।’

चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाब बढ्ने र क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले जानकारी दिए ।

यसैबीच गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना पुनर्निर्माणपछि हाल ३७ मेगावाट विद्युत् उत्पादन भइरहेको रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले बताए । स्थानीय खोलामा आएको बाढीले असर पुर्‍याएको उक्त केन्द्रका संरचना पुनर्निर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३