विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३ निर्देशकसहित ३१ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । प्राधिकरणको मंसिर २८ गतेको निर्णयानुसार तह ११ (निर्देशक) देखि तह ७ (मेकानिकल इन्जिनियर) सम्मका कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको हो ।

लेखातर्फ एक, विविधतर्फ एक र प्राविधिक तर्फका ११ निर्देशकको सरुवा गरिएको प्राधिकरणले जानकारी दिएकाे छ । प्राधिकरणका अनुसार ८ जना निर्देशकलाई कार्यरत कार्यलयमै पदस्थापन गरिएको छ भने बाँकी ५ जनालाई अन्य कार्यालयमा सरुवा गरी जिम्मेवारी तोकिएको छ ।

कार्यरत कार्यालयमै जिम्मेवारी तोकिएका लेखा विभागका समिरप्रसाद पोखरेल, आर्थिक विश्लेषण विभागका जयराज भण्डारी, प्राविधिकतर्फ रघुगंगा हाइड्रो पावरका प्रमुख गणेश केसी, तामाकोसी जलविद्युत कम्पनीका प्रमुख नसिबमान प्रधान, ठूला उत्पादन सञ्चालन तथा संभार विभागका प्रमुख रामकुमार यादवलाई यथास्थानकै जिम्मेवारी ताेकिएकाे छ ।

पावर ट्रान्समिसन कम्पनी नेपालमा कार्यरत श्यामकुमार यादव, बागमती प्रदेश प्रादेशिक कार्यलयका निर्देशक श्रीरामराज पाण्डे र प्रणाली सञ्चालन विभाग (एलडिसी) का सुरेशबहादुर भट्टराईलाई पनि तत् तत् कार्यालयमै जिम्मेवारी ताेकिएकाे छ । यस्तै, तनहुँ हाइड्रो पावर अायाेजना प्रमुख अच्युतबाबु घिमिरेलाई योजना तथा प्राविधिक सेवा विभागमा, संस्थागत योजना तथा अनुगमन विभाग, सस्थागत योजना महाशाखामा कार्यरत तारानाथ शर्मालाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ ।

मझौला उत्पादन सञ्चालन तथा संभार विभागका कृष्णप्रसाद यादवलाई उत्पादन विकास विभागमा, विद्युत व्यापार विभागमा कार्यरत सन्तोषकुमार झालाई मझौला उत्पादन सञ्चालन तथा संभार विभागमा, कर्णाली प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत सुरेन्द्र बहादुर भट्टराईलाई प्रणाली योजना विभागमा सरुवा गरि जिम्मेवारी तोकिएको छ ।

तह १० का प्रबन्धक पदमा कार्यरत ११ कर्मचारीको सरुवा गरि जिम्मेवारी तोकिएको छ । अनिलभक्त श्रेष्ठ, मनोज ताम्राकार, विनोद भण्डारी, दिपक चौधरी, टिकाराम पौडेल, कपिलदेव मानजन, तारादत्त भट्ट, पवन बस्नेत, अशोक कुमार पण्डित, शम्भु कुशियैत यादव र सन्दिप श्रेष्ठलाई सरुवा गरि जिम्मेवारी तोकिएको छ । ९ तहमा कार्यरत ५ जनालाई सरुवा गरिएको छ । प्रल्हाद राउत, सजुन कुमार श्रेष्ठ, उमेश कुमार झा, शशीभूषण शाह, दिपेन्द्र राज द्विवेदीलाई सरुवा गरिएको छ । यस्तै, ८ तहका आत्मेश पौडयाल र ७ तहका शिव कुमार थापालाई सरुवा गरि जिम्मेवारी ताकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३