विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्‌का खम्बा ढलेपछि यस्ताे परिस्थिति उत्पन्न भएकाे नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम जारी रहेको केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए । उनले भने, ‘हुरीबतासले विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ, क्षति पुगेका ठाउँमा मर्मत गर्दै विद्युत् सञ्चालन गर्ने काम भइरहेको छ ।’

अझै पनि हावाहुरीको सम्भावना रहिरहेकाले रूख, हाँगा जस्तापाता उडाएर खम्बा तथा तारमा पर्ने र खम्बा ढल्ने, तार छिन्नेजस्ता घटना हुनसक्ने रेग्मीको भनाइ छ । उनले छोटोमा जोडिएका तार नछुटाएसम्म विद्युत् प्रसारण नहुने र लाइन छाडेमा करेन्ट लाग्ने सम्भावना भएकाले खबर नगरेसम्म प्राधिकरणलाई जानकारी नहुने बताए ।

उनले भने, ‘हामीलाई गल्ती खोजेर त्यस स्थानसम्म पुगेर मर्मत गरी बत्ती बाल्न धेरै समय लाग्छ, खम्बा ढलेका, तार छिनेका, बटारिएको, आगो बलेको देखेमा तुरुन्त प्राधिकरणलाई खबर गरिदिए तुरुन्त लाइन काट्ने, मर्मत गर्ने काम गर्न सकिन्छ ।’

हुरीबतासले तनहुँमा विद्युत्‌का ६० खम्बा भाँचिएका थिए । रेग्मीका अनुसार व्यास नगरपालिका–१० परेवाडाँडा नजिक तीन ११ मिटरका खम्बा ढलेका छन् । व्यास–७ शेरा कभर्ड हल नजिक ११ मिटरका दुई खम्बा ढलेका छन् । सोही वडाको छापथोक ट्रान्सफर्मरका दुई अम्बा ढलेर क्षति पुगेको रेग्मीले जानकारी दिए । व्यास–९ गजौडेमा हाइटेन्सन तार छिनेर क्षति पुगेको छ ।

तनहुँसुर फिडरअन्तर्गत व्यास–१२ घाँसीकुवामा ११ केभीका चार थान सिमेन्टका खम्बा ढलेर क्षति भएको छ । भानु नगरपालिका–५ पुरनडिहीमा एउटा विद्युत्‌का खम्बा ढलेर क्षति भएको रेग्मीले जानकारी दिए । व्यास–११ फराकचौरमा ११ केभीका दुई विद्युत्‌का खम्बा ढलेर क्षति भएको छ ।

त्यस्तै मुग्लिन फिडरअन्तर्गत आँबुखैरेनीको डम्पिङ साइटमा पाँच खम्बाका तार चुँडिएर क्षति भएको छ । आँबुगाउँमाथि दुई हाइटेन्सन तार तथा खम्बा ढलेर रूखमा अड्किएको छ । सत्र सय फिडर अन्तर्गत हिलेखर्क, ढेडगाउँ र फार्सीथैलीमा तीन हाइटेन्सन खम्बा ढलेका छन् भने नयाँगाउँ र पौवामा चार एलटी लाइनमा क्षति पुगेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३