काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह तथा उपसमूहमा कार्यरत १० जना कर्मचारीलाई निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले सोमबार (पुस २ गते) ज्येष्ठता, कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा १० तहका ती कर्मचारीलाई निर्देशक (११ तह) मा बढुवा गरेको हो ।
प्राधिकरणका अनुसार १० तहमा कार्यरत छविलाल गैरे, थर्कबहादुर थापा, राजा भाई शिल्पकार, मुनिन्द्र ठाकुर, रन्जु पाण्डेलाई ११ तहमा बढुवा गरिएको छ । यस्तै, केदार राज सिलवाल, श्रीराम पोखरेल, जुजुरत्न शाका, मिलन दाहाल, चन्दनकुमार घोषलाई बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत कात्तिक २४ गते सूचना प्रकाशन गरी बढुवाका लागि आवेदन माग गरेकाे थियाे । आवेदकहरूमध्ये सेवा, शर्त विनियमावली, २०७५ काे विनिमय ५८ मा भएकाे व्यवस्था बमाेजिम ज्येष्ठता, कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गरिएकाे प्राधिकरणले जनाएकाे छ ।