विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागका नवनियुक्त महानिर्देशक चिरन्जीबी चटौतले ऊर्जा विकासमा ठुलो योगदान पुर्याउने निजी क्षेत्रलाई प्रोत्साहित गर्न कुनै कसर नछोड्ने बताएका छन् । बुधबार (भदौ २९ गते) बधाई तथा शुभकामना ज्ञापन गर्न गएका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

भेटमा विभाग र इपानबीच नङ र मासुजस्तै सम्बन्ध रहेको बताउँदै आफ्नो कार्यकालमा इपानसँग न्यानो सहकार्य गर्ने र आगामी दिनमा पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने चटौतले बताए ।

‘नियम कानुनको परिधिभित्र रहेर विभागले समयमै, छिटो, छरितो र चुस्तदुस्त कार्य सम्पादन गर्नेछ’, उनले भने ‘विभागको मुख्य काम नै ऊर्जा क्षेत्रमा संलग्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्नु हो, ऊर्जा विकासमा समस्या भएको सबैले मनन गरेको सन्दर्भमा अब सबैतिरबाट समाधानमा ठोस पहल हुनेछ ।’

विभागमा लामो अनुभव भएको व्यक्ति महानिर्देशक भएर आएको हुँदा काममा सहज हुनुको साथै ठुलो अपेक्षा र आशा रहेको इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘ऊर्जा क्षेत्रमा समस्याको चाङ छन्, यस कार्यालयसँग सम्बन्धित मात्र नभई अन्य सरकारी कार्यालयसँग सम्बन्धित मात्र नभई अन्य सरकारी कार्यालयसँग सम्बन्धित समस्याहरूको सहजीकरण गर्नमा पनि सहकार्य र सहजीकरण हुन्छ भन्ने हामीलाई विश्वास छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३