काठमाडौं । केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा लैजान स्तराेन्नतीको लागि साउन २३ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आगामी शनिबार ( भदाै २५ गते) देखि सञ्चालनमा आउने भएको छ । कम्पनीले केबलकारमा प्रयोग गर्दै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा लैजानका लागि बन्द गरेकाे सेवा सुरू हुने भएकाे हाे।
यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फेरिएको छ ।
यस्तै, गिएर बाक्स को चेक ताथा आलयन्मेंट मिलाउने कार्यका साथै ४ टावरहरूको पार्टस फेर्ने कार्य अथवा हाक्ड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रुपमा परीक्षण र सञ्चालन गर्ने काम पनि गरिएको कम्पनीले जानकारी दिएको छ ।