काठमाडौं । सेवा हाइड्रो पावर कम्पनी लिमिटेडले आइपिओ प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले सेयर प्रस्ताव पारितको लागी सभा आह्वान गरेको हो ।
सभामा प्रभावित स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत सेयर निष्कासन गर्न प्रस्ताव पारित गरिनेछ । कम्पनीका अनुसार सभाबाट प्रस्ताव पारित हुने लगतै सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।
सभामा नाफा/नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पनि छलफल गरी स्वीकृत गरिनेछ । सभा असोज २० गते कम्पनीको रजिष्टर्ड कार्यलयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।