विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं ।  पिपुल्स हाइड्रो पावर कम्पनीले साढे ८२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनामा स्वपुँजी लगानी जुटाउन सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने तयारी गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि ८२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयर निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । उनका अनुसार निष्कासन हुने यो सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो ।

छुट्याइएको सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि हो । स्थानीयका लागि कति र सर्वसाधारणका लागि कति कित्ता सेयर निष्कासन गर्ने भन्नेबारे टुंगो लागिनसकेको उनले बताए ।

‘आयोजनाको ७० प्रतिशत निर्माण सम्पन्न भएसकेपछि साधारण सेयर निष्कासनको तयारी गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै प्रक्रिया पूरा भएपछि २०७८ बैशाखदेखि बिक्री खुल्ला गर्छौं ।’ उनले कम्पनीको सेयर निष्कासन गरेर बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको जानकारी दिए । 

कम्पनी र सानिमा क्यापिटलबीच सोमबार सेयर निष्कासन तथा बाँडफाँड सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीकोतर्फबाट रायमाझीले तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरे ।

सम्झौतापछि अब सानिमा क्यापिटलले सेयर निष्कासन सम्बन्धि प्रक्रिया अघि बढाउने पनि रायमाझीले बताए । कम्पनीले निर्माण गरिरहेको आयोजना ७० प्रतिशत पूरा भएको छ । आयोजनाबाट अबको ९ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने दोर्दी कोरिडोरको किर्तीपूर सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३