विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरमा ५ मेगावाटको पिखुवा खोला निर्माण गरी सञ्चालनमा ल्याएको इष्टर्न हाइड्रो पावर लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीको सेयर ६२ हजार ५ सय ११ जनाले गोलाप्रथाबाट १०/१० कित्ता पाएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । क्यापिटलकका अनुसार १३ लाख ५८ हजार २ सय २० जनाको अवेदन परको थियो । 

आवेदकमध्ये १३ लाख ५६ हजार २ सय २४ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी १ हजार ९ सय ९६ जनाको विभिन्न कारणले आवेदन रद्द भएको क्यापिटलले जनाइएको छ । 

कम्पनीले सय रुपयाँ अंकित ६ लाख ७० हजार २० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासित सेयरमध्ये ५ प्रतिशत हुन आउने अर्थात ३३ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि र २ प्रतिशत हुन आउने अर्थात १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुटया्एको र बाँकी ६ लाख २३ हजार ३ सय ९८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । 

कम्पनीको भोजपुरमा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना सञ्चलनमा छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ११ लाख ७४ हजार ६ सय ९८ रुपैयाँ र आयोजनाको कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४ सय ५४ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit