काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्रालयमा आई पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।
‘देशको आर्थिक अवस्था जटिल रहेकोले बक्यौता उठाउनु पर्ने छ,’ पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘सबैले सहयोग गर्नुहोस् ।’
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री घिसिङले आफूले पाउने तलब भत्ता तथा सुविधा जेन–जी आन्दोलनका सहिदका नाममा स्थापित हुने कोषमा जम्मा गरिदिने पनि बताएका छन् ।