विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले आइसोलेसन वार्ड तयार गरेको छ । कार्यलयमा कार्यरत कुनै कर्मचारी कोरोना (कोभिड–१९) संक्रमित भएमा उनीहरूलाई आइसोलेसनमा राख्ने वार्ड तयार गरिएको हो ।

अहिले डिभिजन कार्यालयका कर्मचारीका लागि ५ बेडको आइसोलेसन वार्ड तयार गरेको प्रमुख शशीभुषण शाहले बताए । उनका अनुसार अहिलेसम्म डिभिजन कार्यालयमा कार्यरत कुनै कर्मचारी संक्रमित भइनहालेको भए पनि तयारीस्वरू वार्ड बनाइएकाे हाे । 

‘हाम्रा कर्मचारी साथीहरू सुरक्षाको मापदण्ड पालना गरेरै काममा खटिनु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सुरक्षित हुँदा हुँदै पनि कोही संक्रमित भइहालेमा अलग्गै क्वारेन्टीनमा राख्न आइसोलेसन वार्ड तयारी अवस्थामा राखेका हौं ।’

उनले केही दिनमै कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रका कर्मचारीका लागि पनि आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको बताए । हालै मात्र बागमती प्रदेशमा कार्यरत प्राधिकरणका ४२ कर्मचारी कोरोना संक्रमित भएका थिए । 

अन्य प्रदेशमा पनि प्राधिकरण कर्मचारी संक्रमित भइरहेका छन् । निशेधाज्ञामासमेत प्राधिकरणका कर्मचारी काममा खटिएकाले उनीहरूमा कोरोना संक्रमित हुने जोखिम उच्च छ ।  

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३