विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा दोलखाबासी ठगिएको दाबी गरेका छन् । उनले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई एक ज्ञापनपत्र बुझाउँदै यस्तो आरोप दाबी गरेका हुन् । उनले अन्य सर्वसाधारणलाई भन्दा पनि कम शेयर दोलखालीलाई दिएर ठगिएको पनि बताएका छन् ।

ज्ञापनपत्र मार्फत उनले स्थानीय जनतालाई दिइँदै आएको सेयरको लकिङ पिरियड हटाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरण र अपर तामाकोसी जलविद्युत् आयोजनाबीच असमान विद्युत् खरिद सम्झौतालाई पुनरावलोकन गर्न माग गरेका छन् । यस्तै आयोजनाको ड्याम साइटमा पानी चुहिने समस्या रहेकाले मर्मतसम्भार गर्नुपर्ने, हिउँदयाममा सम्झौता भएअनुसारको विद्युत् दिन नसक्दा तिरिँदै आएको पेनाल्टीलाई बर्खायाममा पूर्ण क्षमतामा सञ्चालन गरी परिपूर्ति गर्नुपर्नेमा बिग्रेका मेसिन मर्मत नहुँदा पूर्ण क्षमतामा उत्पादन हुन नसकेकोले समस्या समाधान गर्न माग गरेका छन् ।

दोलखाका जनताको भाग्य र भविष्यसँग जोडिएको उक्त आयोजनाको क्रेन चोरी हुँदा पनि कसैले थाहा नपाए जस्तो नाटक गरेको आरोप समेत उनले लगाएका छन् । आयोजनाको सामान संरक्षण गर्नसमेतउनले  माग गरेका छन् । आयोजनामा कार्यरत दोलखाका कर्मचारीलाई तलब भत्तामा विभेद गरिएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । ज्ञापन पत्र बुझ्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा ऊर्जा क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सरकार लागेको बताएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य  शिवाकोटीलगायतले दोलखामा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको समस्याबारे बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकार गरिब र निमुखा जनताको जीवनस्तर उकास्न क्रियाशील रहेको बताएका हुन् । ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको क्षेत्र ऊर्जा रहेकाले यसको विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । ‘जनतालाई सम्पन्न नबनाइ मुलुक समृद्ध बन्न सक्दैन, सरकार तल्लो वर्गको जनताको जीवनस्तर उकास्न लागेको छ’, उनले भने । स्थानीयलाई साथमा लिएर सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउने उनको भनाइ थियो ।

यस्ताे छ ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३