विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल तेस्रो मुलुकमा बिजुली बेच्ने दक्षिण एसियामै पहिलो

काठमाडौँ । नेपालले आइतबार (१५ जुन) बाट बंगलादेशलाई बिक्री गर्न सुरु गरेको ४० मेगावाट बिजुलीबाट ५ महिनामा १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी आम्दानी हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आइतबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । 
 
उनले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात सुरु गरिएको र यसबाट मासिक २५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने बताए । दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक व्यावसायिक रूपमा विद्युत् बिक्री सुरु गरिने देश र जनताका लािग गर्व तथा खुसीको कुरा एको उनले बताए । 

ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै उनले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्दी हासिल गरिने बताए । नेपाल विद्युत् प्राधिकरणले गएराती (असार १ अर्थात जुन १५) १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात सुरु गरेको हो । 

गत वर्ष कात्तिक ३० ९नोभेम्बर १५० मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । 

गत वर्षको असोज १७ गते प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच नेपालको विद्युत् भारतीय ग्रिड प्रयोग गरी बंगलादेश लैजान त्रिपक्षीय विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो । 

पत्रकार सम्मेलनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौँ आम्दानी गर्ने बताए । ‘अहिले लोडसेडिङ छैन र हुँदैन पनि,’ उनले भने, ‘उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ती जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ ।’

विगतका वर्षहरूमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या देखिने गरेको भन्दै उनले गतवर्षभन्दा अहिले क्रमशः यस्तो समस्या कम हुँदै गएकोले लोडेसेडिङ भन्ने भ्रम नपाल्न आग्रह गरे । 
 
उनका अनुसार बंगलादेशमा निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म बिक्री गरिने छ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफ्फरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ । त्यस्तै नेपालले जुन १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकोमा आइतबार अर्थात जुन १५ बाट बढाएर २ सय मेगावाट बिक्री गरेको छ । त्यस्तै बिहारमा पनि ८० मेगावाट विद्युत् आइतबारबाटै निर्यात सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३