विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २५, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एस के इनर्जी डेभलपमेन्ट लिमिटेडद्वारा भोजपुरमा निर्माणधीन ७.२ मेगावाटको श्याम खोला आंशिक जलाशय जलविद्युत् आयोजनाको ४५ प्रतिशत निर्माण कार्य सकिएको छ । कम्पनीले २०७९ साल माघ महिनादेखि उक्त जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको थियो । जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने उक्त खोलाको पानी सदुपयोग गर्दै कम्पनीले आयोजना निर्माण गर्न लागेको हो । आयोजनाको बाँध क्षेत्र उक्त नगरपालिकाको किमालुङमा र विद्युत्‌गृह खर्ताम्चा भन्ने स्थानमा निर्माण भइरहेको छ । 

आयोजनाको वेर र बालुवा थिग्राउने पोखरीको निर्माण सम्पन्न भइसकेको तथा बाँध, इन्टेक, जलाशय, फोरवे टयाङ्क, पेनस्टक, हेडरेस पाइप, टेलरेस र विद्युत्गृहको  निर्माण अघि बढिरहेको प्रवर्द्धक कम्पनीका अध्यक्ष वीरबहादुर राईले ऊर्जा खबरसँग बताए । 

उनका अनुसार सर्ज ट्याङ्क निर्माणको काम भने हालसम्म सुरु हुन सकेको छैन । आयोजनाबाट उत्पादित विद्युत् १० किलोमिटर दूरीमा निर्माणाधीन शीतलपाटी सबस्टेसनमा जोडिनेछ । उक्त सबस्टेसनको निर्माण ढिलो भएकाले आयोजनाको निर्माणको गति समेत सुस्त भइरहेको उनले बताए ।  ‘सबस्टेसन निर्माण सक्न अझै १ वर्ष लाग्ने भएकाले आयोजना पनि उक्त सबस्टेसनसँगै निर्माण सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने ।

आयोजनाको पिकिङ जलाशयबाट १ हजार ४२० मिटर लामो हेडरेस पाइपमार्फत पानीलाई फोरवे टयाङ्क हुँदै ४ हजार ४५७ मिटर लामो पेनस्टक पाइपद्वारा विद्युत्‌गृहमा पुर्‍याइनेछ । विद्युत्‌गृहमा जडान भएको दुई वटा टवाईनमा पानी खसाली टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने छ । दैनिक ३ घण्टा पानी भण्डारण गरी उच्च माग हुने समय (पिकिङ आवर) मा चलाउन सक्ने गरी निर्माण गर्न लागिएको आयोजनाको विद्युत्‌गृह अर्धभूमिगत हुनेछ ।

आयोजनाबाट वार्षिक सरदर ४२.४४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली सबस्टेसनसम्म पुर्‍याइ राष्ट्रिय प्रणालीमा जोड्न आवश्यक ३३ केभीको लाइन कम्पनी आफैँले निर्माण गर्ने छ ।

कुल लागत अनुमान १५६ करोड रुपैयाँ रहेको छ । यस मध्ये ७० प्रतिशत बैंकको ऋण लगानी रहेको छ । आयोजनामा सानिमा बैंकको नेतृत्वमा अन्य बैंकहरूले समेत ऋण लगानी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३