विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । प्राज्ञिक र नीति अनुसन्धान केन्द्रकाे रूपमा लामाे समयदेखि क्रियाशील मार्टिन चौतारी र इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा सञ्चालित ऊर्जा खबरको सहकार्यमा ऊर्जा क्षेत्रमा केन्द्रित शृ‌खलाबद्ध छलफल ‘ऊर्जा नीति संवाद’ सुरु हुने भएको छ । २०८१ वैशाख १ गतेदेखि लागु हुने गरी दुई संस्थाबीच आज शुक्रबार (चैत २ गते) यससम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार प्रत्येक अंग्रेजी महिनाको अन्तिम मंगलबार दिउँसो ३ बजेदेखि ऊर्जा क्षेत्रका विभिन्न नीतिगत विषयमा रहेर छलफल हुनेछ । सम्झौतापत्रमा मार्टिन चौतारीका अध्यक्ष कुमार पाण्डे र ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गरेपछि मार्टिन चौतारीका अध्यक्ष पाण्डेले दशकौँदेखि चौतारीले समाजका विविध आयामबारे संवाद शृङ्खला चलाउँदै आएकोमा ऊर्जा क्षेत्रकै विषयमा नियमित शृंखला सुरु गर्ने अवसर बल्ल प्राप्त भएको भन्दै खुसी व्यक्त गरे ।

‘पछिल्लो समय राजनीतिपछि देशको सबैभन्दा बढी चर्चा गर्ने क्षेत्र नै ऊर्जा हो,’ अध्यक्ष पाण्डेले भने, ‘यसै विषयमा संवाद शृंखला चलाउँदा यसले नीति निर्माण, नीतिगत परिमार्जन र नीतिगत समस्या सुल्झाउन सहजीकरण हुनुका साथै ऊर्जा क्षेत्रबारे प्रशस्त जानकारीसमेत प्रवाह गर्नेछ ।’ उनले मार्टिन चौतारीको पुस्तकालयमा पाठ्य सामग्रीको विकास र विस्तारमा समेत ऊर्जा नीति संवाद शृंखलाले सहयोग पुर्‍याउने भन्दै खुसी व्यक्त गरे ।

ऊर्जा खबरका सल्लाहार सम्पादक सूर्यप्रसाद अधिकारीले करिब एक वर्षअघिबाटै मार्टिन चौतारीसँग सहकार्य गर्नेबारे सोचिएको र हाल आएर उक्त सोचले मूर्त रूप लिएपछि स‌ंस्था उत्साहित भएको बताए ।

कार्यक्रममा ऊर्जा खबरका सम्पादक वियोगीले मार्टिन चौतारी जस्तो दशकौँ लामो इतिहास बोकेको स्थापित संस्थासँगको सहकार्यमा ऊर्जा खबरले ऊर्जा नीति संवाद शृङ्खला सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताए । संवाद शृंखलाले ऊर्जा क्षेत्रका समग्र नीतिलाई दिशानिर्देश गर्न सक्ने उनकाे भनाइ थियाे । ऊर्जा क्षेत्रका आम नीति-नीतिर्माता, लगानीकर्ता, अध्यापक, प्राविधिक, लेखक, विद्यार्थी, उद्यमी लगायत सबैका लागि ऊर्जा नीति संवाद महत्त्वपूर्ण मञ्च हुने भन्दै खुसी व्यक्त गरे ।

यसैगरी, कार्यक्रममा चौतारीका कार्यकारी प्रबन्धक देवराज हुमागाइँले ऊर्जा क्षेत्रका केही संवादहरू हुँदै आए पनि यस खालको शृंखलाबद्ध छलफल नभएको बताए । यस सम्झौता तथा सहकार्यले बौद्धिक क्षेत्रमा सिक्ने, सिकाउने एवम् अध्ययन अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

सम्झौता अनुसार ‘ऊर्जा नीति संवाद’को पहिला संवाद शृंखला आगामी २०८१ वैशाख १८ गते (३० अप्रिल, २०२४) का लागि तय गरिएकाे छ । हाललाई एक वर्षका लागि भएकाे सम्झाैता आवश्यकता र औचित्यका आधारमा नवीकरण हुँदै जाने उल्लेख छ ।

कार्यक्रममा चाैतारीका अनुसन्धाता देवेन्द्र उप्रेती, सहायक अनुसन्धाताहरू रूख गुरु‍ङ, सञ्जिला माेक्तान तथा वित्त अधिकृत कञ्चन केसी, सहायक वित्त अधिकृत राेशनी घिमिरेकाे उपस्थिति थियाे । यस्तै, ऊर्जा खबरका कार्यकारी सम्पादक पुष्प काेइराला लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit