विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आउने तालिका फेरि २ महिना धकेलिएको छ । गत पुसमा नै सबै काम सम्पन्न भई सञ्चालनमा आउनु पर्ने ३२ किलोमिटर लामाे प्रसारण लाइनको तालिका चैतमा सरेको हो ।

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको करिब ८० प्रतिशत निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइनको १०५ मध्ये १०३ वटा टावर ठड्याउने काम सम्पन्न भएको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए ।

प्रसारण लाइनको रुटमा ठाउँ–ठाउँमा स्थानीय अवरोध भएका कारण लक्ष्यअनुसार काम गर्न नसक्दा समय लागेको उनले बताए । ‘यो प्रसारण लाइन आयोजना धेरै पहिले नै सम्पन्न भई सञ्चालनमा आउनु पर्ने थियो,’ उन ऊर्जा खबरसँग भने, ‘स्थानीयबासीले बढी मुआब्जा मागेर काम रोकिँदा पटक–पटक समय थप गरेर बल्ल निर्माण अन्तिम चरणमा पुर्याएका छौं ।’ 

उनले स्थानीय अवरोध हटाएर टावर निर्माण गर्ने तथा तार तान्ने काम भइरहेकाले अबको तालिका प्रभावित नहुने दाबी गरे । प्रसारण लाइनको करिब १३ किलोमिटर तार तान्न बाँकी छ । कल्लेरी र ठाेस्नेमा गरी अब २ वटा टावर ठड्याउन बाँकी छ । यो सबै काम सम्पन्न गरेर २ महिनाभित्र प्रसारण लाइन सञ्चालनमा ल्याउने योजना अनुसार निर्माणलाई तीव्रता दिएको पनि उनले बताए ।

यो प्रसारण लाइन सञ्चालनमा आउन नसक्दा रामेछापमा निर्माण भएका १९ मेगावाटका उपल्लो र माथिल्लो खिम्ती जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ । विद्युत प्रवाह हुने प्रसारण लाइन नहुँदा १२ मेगावाटकाे उपल्लाे खिम्ती र ७ मेगावाटकाे माथिल्लाे खिम्ती २०७७ फागुनमा निर्माण सम्पन्न भए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । 

प्राधिकरणले २०७३ फागुनदेखि प्रसारण लाइनको संरचना निर्माणको काम सुरु गरेको थियो । दोलखाको शहरे भन्ने स्थानमा स्थानीय विवादले एउटा टावरको स्थान परिवर्तन गरेर निर्माण थालिएको पराजुलीले जानकारी दिए । प्रसारण लाइन अन्तर्गत रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेमा १३२ केभी सबस्टेसन निर्माण भएको छ । सबस्टेसनको सिभिलतर्फको काम सम्पन्न भइसकेको छ ।

गर्जाङ सबस्टेसनको  डिजाइन परिवर्तन, स्थानीय अवरोध तथा कोराना (कोभिड–१९) महामारीका कारण अघिल्लो वर्षमा गरिएको लकडाउन एवं निशेधाज्ञा लगायत कारणले प्रसारण लाइनको निर्माण तालिका पटक–पटक सर्दै आएको छ ।

कोरोना महामारीका बेला भारतीय प्राविधिक आयोजना स्थलसम्म आउन नसक्दा तार तान्ने काम सुरु गर्न ढिलाइ हुँदा पनि निर्माण लम्बिन पुगेको हो । गत वर्षको लकडाउन तथा निशेधाज्ञाले पनि प्रसारण लाइन निर्माणको काम ६ महिनासम्म पूर्णरूपमा ठप्प हुन पुगेको थियो । प्रसारण लाइन पूरा हुँदा रामेछापमा उत्पादन हुने १ सय मेगावाटका आयोजनाको विद्युत प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit