विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी स्वचालित सबस्टेसन अाज (चैत १ गते) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले को उद्घाटन गरेकी छन् । सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत उपलब्ध गराउन यस सबस्टेसनले ठूलाे सहयाेग पुर्याउने अपेक्षा गरिएकाे छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभएर खाना पकाउन, सिँचाइ गर्न, उद्योग कलकारखाना चलाउनका लागि प्रयोग गरी विद्युत खपत बढाउन आग्रह गरिन् । तराई तथा मधेस क्षेत्रमा सिँचाइमा विद्युत खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइको विद्युत महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरणहरु विस्थापित गर्न आग्रह गरिन् । 

‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौ, विद्युतको प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौं, बाँझो खेत नराखौं’, उनले भनिन् ‘ऊर्जाको प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लागौं ।’

सबस्टेसन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति भई औद्योगिकरणमा सहयोग पुगेकाे छ । यस क्षेत्रमा सबस्टेसनबाट विद्युत आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत पाउन थालेको सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले बताए । 

सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए । सरकारले महसुल घटाएकाले विद्युत चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कार्कीले चोरी नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे । 

मधेश प्रदेशको विद्युत आपूर्ति सुधार गर्न अहिले सबैभन्दा बढी लगानी भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार प्राधिकरणले आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आमघरायसी ग्राहकलाई महसुलमा सहुलियत दिएको छ । विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै घिसिङले सबैलाई विद्युत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

सबस्टेसन सञ्चालनमा आएपछि यस क्षेत्र न्यून भोल्टेज र ट्रिपिङको समस्याबाट मुक्त भएको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले बताए । सबस्टेसनमा विद्युत आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय र प्राविधिक चुहावट घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो ।

३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो साथै, विद्युत आपूर्तिमासमेत अवरोध हुँदै आएको थियो । नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घटेको, विद्युत आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बनेको छ । अब, सर्लाहीमा खुल्ने उद्योगहरुलाई पर्याप्त विद्युत दिन सकिने प्राधिकरणले जनाएको छ । 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ ।  सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा  ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइएको छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारी कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit