काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार (कातिक १८ गते) के ३ सबस्टेसनबाट आपुर्ति हुने विद्युत सेवा बन्द गर्ने भएको छ । प्राधिकरणले ६६ केभी प्रसारण लाइनको मर्मत संभार गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।
स्यूचाटारदेखि सिंहरबारसम्मको ६६ केभी प्रसारण लाइनमा देखिएका समस्याहरूको मर्मत संभार गर्नुपर्ने हुँदा विद्युत सेवा बन्द गर्न लागेको प्राधिकणले जनाएको छ । प्राधिकरणकाअनुसार सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने विद्युत सेवा बन्द गरी काम गर्न लागिएको हो । सेवा विहान ७ बजेदेखि बन्द गरिनेछ ।
विद्युत् सेवा बन्द हुँदा सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यलहरू, जिल्ला प्रशासन कार्याल समेत बबरमहल, पुतलीसडक, बाबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
विद्युत् आपूर्ति ११ बजेबाट पून: सूचारु हुनेछ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा ताेकिएकाे समय अगावै सेवा सूचारु गरिनेछ ।