विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मर्स्याङ्दी कोरिडोर अन्तर्गतको निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजना ६० प्रतिशत सम्पन्न भएको छ । लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म पुग्ने प्रसारण लाइनको यो खण्डको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

यो खण्डमा प्रसारण लाइनको १९२ मध्ये ४५ वटा टावरको जग तयार भइसकेको आयोजना प्रमुख चिरन्तनबिक्रम राणाले बताए । उनका अनुसार यो खण्डमा १७ वटा टावर पनि खडा गरिएको छ ।

‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याउन ६ किलोमिटरसम्म यही प्रसारण लाइनको उपयोग हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अहिले यहीं केन्द्रीत भएर काम गरिरहेका छौं ।’ उनले ६ किलोमिटर खण्डमा टावर ठड्याउने काम सम्पन्न भइसकेकाले अब तार तान्न बाँकी छ ।

स्थानीयले खेतमा लगाएको धान बाली नष्ट नहोस भनेर तत्कालै तार तान्ने काम सुरु गर्न नसकेको पनि उनले बताए । ६ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने भनिएकोमा कोरोना (कोभिड–१९) महामारीको रोकथामका लागि लगाइएको निशेधाज्ञाका कारण धकेलिन पुगेको राणाले बताए ।

उपकरण सबै आइसकेकाले यो खण्डको निर्माण गर्न अब बढीमा २ महिना जति लाग्ने उनले जानकारी दिए । यो बाहेकको खण्डमा प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ । उदिपुर र भरतपुरमा गरी २ वटा सबस्टेसन पनि निर्माणाधीन छन् । 

प्रसारण लाइनको रुट पर्ने गोरखाको पालुङटारमा स्थानीय गरेको अवरोध अझै हटिनसकेको राणाले जानकारी दिए । यो स्थानमा धेरै जसो समस्या समाधान भइसकेको र थोरै मात्र बाँकी रहेको पनि उनले बताए । स्थानीयबासीले प्रसारण लाइनको रुट बदल्न माग गर्दै काम अवरुद्ध गरेको थिए ।प्रसारण लाइनको यो खण्ड र सबस्टेसन निर्माण गर्न २ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

मर्स्याङ्दी कोरिडोर अन्तर्गतको मनाङ-खुदी-उदिपुर खण्डमा प्रसारण लाइनको संरचना निर्माणको काम पनि सुरु भएको छ । प्रसारण लाइनको खुदीदेखि उदिपुरसम्मको रुटमा काम भइरहेको छ । खुदी सबस्टेसनको काम पनि काम भइरहेको छ । 

खुदीदेखि मनाङ पुग्ने खण्डमा भने काम सुरु हुन नसकेको राणाले बताए । यहाँ अध्ययन र डिजाइनको काम मात्रै ठेकेदारले गरेको छ । बर्खाको बाढीले सडक सञ्जाल भत्काएकाले मनाङमा संरचनाको काम अघि बढाउन नसकेको राणाले बताए । मर्स्याङ्दी कोरिडोरका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले यो प्रसारण लाइन निर्माण भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit