विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम २० प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले सुर्खेतदेखि कोहलपुरसम्म निर्माण गरको लाइनको काम अघि बढेको हो ।

आयोजनाको ५ वटा जग खन्ने काम सकिएको आयोजना प्रमुख रवी कुमार चौधरीले बताए । उनका अनुसार १० वटा जग खन्ने काम भइरहेको छ । ५० किलोमिटर लामो लाइनमा  १६१ वटा टावर निर्माण हुनेछ । एक महिनाभित्र टावर आएपछि ठड्याउन सुरु गरिनेछ ।

बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म १३ हजार ६५ रुख विरुवा काट्नु पर्नेछ । सुर्खेतमा ६ हजार ८ सय २०, बर्दियामा ३ हजार ३ सय २० र बाँकेमा २ हजार ९ सय १६ वटा रूख काट्नुपर्ने पनि चौधरीले बताए ।

रुख कटान स्वीकृतका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । मन्त्रालयले कटान स्वीकृत दिन ढिला गर्दा निर्माणले गति लिन नसकेको पनि चौधरीले बताए ।

लाइनको ९० प्रतिशत रुट वन क्षेत्रमा पर्दछ । १३० वटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्जमा र बाँकी ३१ वटा पोल व्यक्तिको जग्गामा पर्दछ । आयोजना सम्पन्न गर्न ७० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइनको काम अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

निर्माण अवधिमा कुनै बाधा, व्यावधान नआएमा निर्धारित समयभित्र प्रसारण लाइन तयार हुने चौधरीको दाबी छ । प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत सेवाको गुणस्तरमा सुधार हुनेछ । विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।

अहिले सुर्खेतमा ३३ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । नेपालगन्जबाट सुर्खेतसम्म तानिएको उक्त प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेका छन् ।

सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैं जसो विद्युत सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने प्राधिकरणले जनाएको छ ।

यो प्रसारण लाइन निर्माण गर्न २०७७ साउनमा ठेकेदार नियुक्त गरिएको थियो । भारतको कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ ।

२०६९ मा अध्ययन अनुमति लिई २०७५ मा अध्ययन पूरा गरिएको आयोजनाले २०७७ जेठ २९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।  प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ ।

त्यस्तै आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकबेसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit