विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिरकरणले विद्युत महसुल नतिर्ने सरकारी निकाय वा अत्यावश्यक सेवा प्रदायकको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले लामो समयदेखि बाँकी भएको विद्युत महसुल बक्यौता एक साताभित्र नबुझाए लाइन काट्ने चेतावनी दिएको हो ।

ग्राहककले नियमित रूपमा विद्युत महसुल भुक्तानी नगरेपछि लाइन काटेर कारबाही गर्ने तयारी भइरहेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ । 

प्राधिकरणले वितरण केन्द्र अन्तर्गतका नेपाल सरकारका सरकारी निकायहरू, अत्यावश्यक सेवा अन्तर्गतका अस्पतालसमेतले आगामी ७ दिनभित्र बाँकी बक्यौता नबुझाए बिना सूचना जुनसुकै समयमा लाइन काट्ने चेतावनी दिएको छ ।

प्राधिकरणका विभिन्न वितरण केन्द्रले विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर कारबाही गर्दै आएका छन् । प्राधिकरणले प्राधिकरणको विद्युतीय संरचना उपयोग गर्ने सेवा प्रदायकबाट राजस्व उठाउने, बाँकी बक्यौता उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit