विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालयलेआर्थिक वर्ष २०८०/८१ को बजेटमा हरित हाइड्रोजन विकासका लागि पनि बजेट विनियोजन गर्न माग गरेको छ । विश्व विद्यालयका सह–प्राध्यापक एवं हरित हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापासहितको टोलीहरूले आइतबार (बैशाख १७ गते) अर्थमन्त्री प्रकासशरण महतलाई पनि भेटी यस्ताे माग गरेका हुन् ।

हरित हाइड्रोजन टेक्नोलोजी अपनाउन आरएण्डडी र पाइलट प्रोजेक्टका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएको थापाले बताए । यस्तै, टाेलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतलाई भेटी ग्रिन हाइड्रोजन उत्पादनको प्रगतिको विवरण पेश गरेकाे छ ।

नेपालमा हरित हाइड्रोजन उत्पादन प्रक्रियामा हालसम्म भएको प्रगति विवरण मन्त्रीलाई बुझाइएको थापाले बताए । उनका अनुसार भेटमा मन्त्री बस्नेतले हरित हाइड्रोजन नीति यथाशीघ्र जारी गर्ने प्रतिबद्धता जनाए । मन्त्रालयले नीति बनाउने काम गरिरहेकोले चाँडै ल्याउने प्रतिबद्धता आएको उनले बताए ।

देशमा जलविद्युत उत्पादन क्षमता बढ्दै गएको र बर्खायाममा खपत बढाउने चुनौति भइरहेको बेला काठमाडौं विश्व विद्यालयले खपत बढाउन ग्रिन हाइड्रोजन उत्पादनतर्फ लाग्नु पर्ने बताउँदै आएको छ । हरित हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादनका लागि पनि नीति बनाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit