विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उदयपुरको कटारी–४ स्थित मरुवामा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण फेरि सुचारु गरेको छ । सर्वोच्च अदालतको आदेशपछि गत साउन ३२ गतेदेखि रोकिएको प्रसारण लाइनको काम बिहीबारबाट सुचारु भएको हो ।

करिब ३ महिनापछि प्रहरी प्रशासनको सहयोग लिएर मरुवामा प्रसारण लाइनको संरचनाको काम सुरु गरेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । ‘सर्वोच्चको आदेशअनुसार त प्राधिकरणलाई असोज २२ गतेदेखि नै काम सुचारु गर्न पाउने अधिकार थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘स्थानीयले लगाइसकेको धानबाली उठाउनका लागि समय मागेकाले १ महिना ढिलो गरी फेरि काम सुरु गरेका छौं ।’

सर्वोच्चले नै प्रसारण लाइनको काम सुचारु गर्न बाटो खुल्ला गरिदिँदा अहिले समेत स्थानीयले काममा अवरोध गर्न खोजिरहेको उनले बताए । स्थानीयले प्रसारण लाइनको टावर ठड्याए पनि तार तान्न नदिने भनिरहेको उनले बताए ।

‘बिना अवरोध काम हुने हो भने त २० दिनमा प्रसारण लाइन तयार हुन्छ अवरोधकाबीच काम सम्पन्न गर्न बढीमा १ महिना जति लाग्न सक्छ ’ उनले भने । उनले केही अघिसम्म धानबाली उठाएपछि सुरक्षा घेरा बिना नै काम गर्न दिने प्रतिबद्धता जनाएका मरुवाबासीले अहिले फेरि बोली फेरेको बताए ।

स्थानीयबासीले रुट परिपवर्तन हुनु पर्ने भन्दै प्रसारण लाइन बिरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । स्थानीयले दायर गरेको मुद्दामा गत साउन ३२ गते सर्वोच्चले असोज २२ गतेभित्र स्थानीयबासीले मुआब्जा लिइसक्नु पर्ने र नलिएको अवस्थामा निर्माण  सुचारु गर्न पाउने गरी अन्तरिम आदेश दिएको थियो । 

सर्वोच्चको आदेश आउनुअघि प्रहरी प्रशासन परिचालन गरी स्थानीयले अवरोध गरेको रुटमा काम भइरहेको थियो । मरुवा क्षेत्रमा स्थानीयबासीले रुट परिवर्तनको माग राखेर १० वटा टावरको काम रोकेका थिए । ती मध्ये प्रहरी सुरक्षा घेरामा ६ वटाको निर्माण सम्पन्न गरिसकिएको छ । अब ३ वटाको काम मात्रै बाँकी छ ।

प्रसारण लाइनको टावर निर्माण गरी तार तान्ने काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने गौतमले बताए । मरुवाबाहेको रुटमा प्रसारण लाइनको टावर निर्माण तथा तार तान्ने काम सम्पन्न भइसकेको छ ।

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९.८ मेगावाटको माथिल्लो सोलु ,८६ मेगावाटको सोलु दूधकोसी लगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न  दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोसीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit