विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषद्‌मा सामेल हुने ३ जना मन्त्रीहरूको नाम टुङ्गो लगाएकी छन् । जसअनुसार कानुनसहित गृह मन्त्रालयको जिम्मेवारीमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय भएको हो ।

यसमध्ये अर्याल काठमाडौँ महानगरपालिकाको कानुनी सल्लाहकारका रूपमा कार्यरत कानुन व्यावसायी हुन् । अर्थविद्का रूपमा परिचित खनाल तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट निर्माणमा कुरा नमिल्दा अर्थ सचिव पदबाट राजीनामा दिई सरकारी सेवाबाट बाहिरिएका थिए ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व-कार्यकारी निर्देशक हुन् । दुई कार्यकाल प्राधिकरणको नेतृत्व सम्हालेका उनलाई लोडसेडिङ अन्त्य गरेको जस दिने गरिन्छ ।

प्रधानमन्त्री कार्कीले सरकारमा सामेल हुने मन्त्रीहरूको नाम आइतबार राती नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको स्रोतले जानकारी दिएको छन् । राष्ट्रपति कार्यालयमा सोमबार तीनै जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३