विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । बिजुलीको लाइन काटेपछि यहाँका उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर २ करोड ५० लाखभन्दा बढी बक्यौता संकलन गरेको छ । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लाइन काटेर २ करोड ६८ लाख ४५ हजार ७०० रूपैयाँ बक्यौता संकलन गरेको हो ।

केन्द्रका प्रमुख विजय रेग्मीका अनुसार १ हजार ४३६ जना ग्राहकको लाइन काटिएकामा १ हजार २७३ ग्राहकले बक्यौताबापतको रकम बुझाएका छन् । १ हजार ४३६ ग्राहकबाट ३ करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्नुपर्ने थियो तर, ७६ दशमलव ५७ प्रतिशत बक्यौता असुली भएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा कार्यालयले ९१८ ग्राहकको लाइन काटेकामा १ करोड ८४ लाख ६५ हजार ४५२ रूपैयाँ बक्यौता संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा ७८६ ग्राहकको लाइन बक्यौता रकम तिरेपछि पुनः जडान गरिएको थियो । त्यतिबेला ३ करोड ६४ लाख ५७ हजार ६८२ रूपैयाँ बक्यौता उठ्नुपर्ने थियो । 

केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९४ लाख ३१ हजार ६१३ रूपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । रेग्मीका अनुसार त्यस अवधिमा ५४ करोड २० लाख ६० हजार २७८ रूपैयाँ विद्युत रकम संकलन भएको थियो । केन्द्रले त्यस वर्ष ७ दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको थियो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नांगो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायत काम गरेको प्रमुख रेग्मीले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३