विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) को ३४औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र बराल अत्याधिक मत ल्याएर निर्वाचित भएका छन् । प्रजातन्त्रवादी इन्जिनियरहरूको संस्था (सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल–सिडेन) को तर्फबाट उम्मेदवार रहेका उनी ४ हजार ८ सय ४२ मत ल्याएर निर्वाचित भएका हुन् ।

बरालसहित अध्यक्षमा प्रतिस्पर्धा गरेका राजेन्द्रप्रसाद हाडाले (१५४ मत), रामेश्वरप्रसाद कलवारले (१८४ मत), प्रा.डा. विष्णुप्रसाद पाण्डले (२८१० मत), दीपक श्रेष्ठले (३७७ मत) र नन्दलाल बन्जाडेले (१७६ मत) पाएका छन् । यस्तै, केन्द्रीय उपाध्यक्षमा प्रकाश केसी ४ हजार ४ सय ७१ मत ल्याएर विजयी भएका छन् भने सुमन योगेश २ हजार ३ सय ५१ मत ल्याएर दोस्राे भएका छन् ।

यसैगरी, केन्द्रीय महासचिवमा विनोदप्रकाश पण्डित ४ हजार ६८ मत ल्याएर विजयी भएका छन् । उता, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक डा. लक्ष्मणप्रसाद घिमिरे २ हजार ६ सय ४९ मत ल्याएर दोस्रो भएका छन् । केन्द्रीय उप–महासचिवमा निर्वाचित भएका अनिल मानन्धरले ४ हजार १ सय ३ मत प्राप्त गरेका छन् ।

केन्द्रीय कोषाध्यक्षमा सुमन थापा ३ हजार ८ सय ७४ मत ल्याएर विजयी हुँदा केन्द्रीय सह–कोषाध्यक्षमा ४ हजार २ सय ५४ मतका साथ कृष्णप्रसाद पोखरेल विजयी भएका छन् । पदाधिकारीमा निर्वाचित सम्पूर्ण उम्मेदवारहरू सिडेन समूहका हुन् ।

एनईएको ३४औँ कार्यकारिणी सदस्य निर्वाचित हुनेहरूमा यामकृष्ण पाैडेल (३८६५ मत), प्रभुराम पाेखरेल (३८२७ मत), यमेन्द्र गुरुङ (३८७८ मत), अनिल पौडेल (४०१६ मत), सञ्जयकुमार शाह (४२७७ मत), नेत्र देवकोटा (४११९ मत), भैरव धिताल (३९९६ मत), सुजन श्रेष्ठ (३९५४ मत), लोकेन्द्र अधिकारी (३९१८ मत), विक्रमकुमार दास (३९३२ मत), प्रिय‌ंका गुप्ता (५०३६ मत) र जयकिसुन राय (३७८३ मत) रहेका छन् ।

भदौ २८ गते एनईएको १७ सदस्यीय नयाँ कार्यसमित गठनका लागि इन्जिनियरहरूका विभिन्न खेमाहरूबीच निर्वाचन भएको थियो । काँग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन, एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पिन), माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समावादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन), नेमकिपा निकट इन्जिनियर समाज नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचनको मतदान केन्द्र प्रदेश र संघमा गरेर १३ स्थानमा तोकिएको थियो । संस्थाका देशभर करिब ४४ हजार सदस्य छन् । १८ हजार बढीले मतदान गर्ने अनुमान गरिए पनि निकै कममात्र मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । केन्द्रीय कार्यसमिति २५ जनाको हुने व्यवस्था छ । केन्द्रबाट १८ र सात प्रदेशबाट १/१ गरी केन्द्रीय कार्यकारिणी समिति बन्ने व्यवस्था छ । यस्तै, अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षसहित सबै केन्द्रीय सदस्यका लागि निर्वाचनबाट चुनिने व्यवस्थामा खुला प्रतिस्पर्धा भएको थियो ।

यो पनि पढ्नुहाेस्

१. इन्जिनियरिङ जगतको नेतृत्व गर्ने अठोट लिएका एक जुझारु इन्जिनियर

२. साढे दुई दशकदेखि जलविद्युत् विकासमा क्रियाशील बराल प्यानलसहित एनईएकाे अध्यक्षमा प्रतिस्पर्धा गर्दै

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३