काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको पदपूर्ति समितिले प्राधिकरणमा रिक्त पदहरूका लागि लिएको परीक्षा अन्तर्गतको अन्तर्वार्ताका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । प्राधिकरणले एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।
आइतबार (भदौ २९ गते) सञ्चालन हुने भनिएको तह–३ प्राविधिक सेवा अन्तर्गतका विभिन्न पदका अन्तर्वार्ता कार्यक्रम स्थगित गरेको हो । यसअघि प्राधिकरणले भदौ २४ गते अपराह्न ५ः१५ बजेपछि स्थगित भएका सबै पदहरूको अन्तर्वार्ता कार्यक्रम हाललाई स्थगित गरेको थियो ।
अन्तर्वार्ताका यी सम्पूर्ण कार्यक्रम २०८२ सालको बडा दशैँपछि कार्यक्रम तालिका प्रकाशित गरेर अग्रीम जानकारी गराई सञ्चालन गर्ने पनि प्राधिकरणले जनाएको छ ।