विद्युत अपडेट

  • प्राधिकरण : ७९५७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२७३ मे.वा.घन्टा
  • निजी क्षेत्र : २५१६२ मे.वा.घन्टा
  • आयात : १६६१ मे.वा.घन्टा
  • निर्यात : ६४८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४३०५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०६ मे.वा.
२०८३ ब‌ैशाख २२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । निको इनर्जी लिमिटेडले कास्की र पर्वतको सीमा क्षेत्रमा निर्माण गर्न लागेको ९ मेगावाटको माथिल्लो भुरुन्डी ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल कार्यको ठेक्का गेपर्ट हाइड्रो इन्डियाले प्राप्त गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच दुई कम्पनीबीच उक्त ठेक्का सम्झौता भएको हो ।

सम्झौता अनुसार आयोजनाबाट विद्युत् उत्पादन गर्न गेपर्टले इलेक्ट्रो–मेकानिकल उपकरणको आपूर्ति, जडान र सञ्चालनको काम गर्ने प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक कर्मराज तामाङले बताए । ‘सिभिल संरचना निर्माण कार्यको समेत ठेक्का सम्झौता भइसकेको छ भने तथा हाइड्रो–मेकानिकल ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाे छ,’ उनले भने, ‘सबै ठेक्का प्रक्रिया पूरा हुन लागेकोले अब आयोजना निर्माणको चरणमा अघि बढ्छ ।’

गेपर्ट हाइड्रोका कन्ट्री डाइरेक्टर राजकिशोर यादवले यो सहकार्य नेपालको जलविद्युत् पूर्वाधारलाई सुदृढ बनाउन महत्वपूर्ण कदम भएको बताए । ‘यो साझेदारीले आपसी विश्वास, प्राविधिक उत्कृष्टता र राष्ट्रका लागि भरपर्दो, कुशल तथा दिगो ऊर्जा समाधानहरू प्रदान गर्ने साझा दृष्टिकोणलाई उजागर गरेको छ,’ उनले भने, ‘माथिल्लो भुरुण्डी खोला ए को इलेक्ट्रो–मेकानिकल कार्यको जिम्मा पाउँदा अत्यन्तै हर्षित छौँ ।’

प्रबन्ध सञ्चालक तामाङका अनुसार उनका अनुसार स्थानीय भुरुन्डी तथा माहावीर खोलाको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको हो । हाल आयोजनाको पहुँच मार्ग तथा कर्मचारी तथा कामदारका लागि आवास निर्माणको काम भइरहेको छ । आयोजना निर्माणमा जानुअघिको पूर्वतयारी कार्य लगभग पूरा भइसकेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मा विद्युत्‌गृह रहने आयोजनाको बाँध संरचना भने अन्नपूर्णसहित मोदी गाउँपालिका–१ (पर्वत) मा रहने छ । भू–सतहमै निर्माण गरिने विद्युत्‌गृहमा पेल्टन टर्वाइनसहितका २ वटा विद्युत् उत्पादन युनिट रहने छन् ।

विद्युत्‌गृहमा पानी लैजान कुल ४५९४ मिटरको २ वटा हेडरेस पाइप रहने छ । त्यस्तै, ६८६ मिटरको पेनस्टक पाइपसमेत जडान गरिने छ । आयोजनाको ग्रस हेड भने ४३० मिटर रहने छ ।

कुल १ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०८४ कात्तिक ७ गतेभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वार्षिक ५३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

उत्पादन हुने विद्युत् ३३ केभीको १० किलोमिटर लामो सिङ्गल सर्किट प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणको १३२/३३ केभीको मोदी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३