विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत २, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अष्ट्रेलियन कम्पनी ‘स्नोई माउन्टेन्स इन्जिनियरिङ कर्पोरेशन (स्मेक)’ ले नेपाली परामर्शदाता हाई हिमालय हाइड्रो कन्सल्ट प्रालि यहाँ गरेको कामको करिब १ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नदिएको तथ्य बाहिर आएको छ ।

स्मेकले हाई हिमालयलाई ताप्लेजुङमा रेमिट हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि परीक्षण सुरुङ खन्ने जिम्मेवारी दिएको थियो । कम्पनीले काम गरे पनि स्मेकले त्यसको भुक्तानी नदिएको हो । स्मेकले सिम्बुवा खोलाको सम्भाव्यता अध्ययन अद्यावधिक, विस्तृत इन्जिनियरिङ तथा ठेक्का कागजात तयार लगायत कामको जिम्मा पाएको थियो । त्यसमध्येको परीक्षण सुरुङको काममात्र पेटी ठेक्काको रूपमा हाई हिमालयलाई दिइएको थियो ।

स्मेक र हाई हिमालयबीच सिम्बुवा खोलाको २ सय मिटर परीक्षण सुरुङ खन्ने गरी सन् २०१९ मा सम्झौता भएको थियो । सम्झौतामा स्मेकका आवासीय निर्देशक रेशम ढकाल र हाई हिमालयका प्रबन्ध निर्देशक तारानाथ सापकोटाले हस्ताक्षर गरेका थिए ।

सन् २०१९, नोभेम्बरमा सुरु गरी २० महिनामा पूरा गर्ने सम्झौता थियो तर स्मेकले कञ्चनजंगा संरक्षण क्षेत्रबाट निर्माणको पूर्ण स्वीकृति लिन नसक्दा शतप्रतिशत काम हुन नसकेको हाई हिमालयले जनाएको छ । हाई हिमालयका अनुसार शतप्रतिशत काम नभएका कारण ठेक्का अनुसारको ३ करोड रुपैयाँको सट्टा १ करोड ९० लाख रुपैयाँ पाउन गरी द्विपक्षीय सहमति भयो । उक्त रकममध्ये १ करोड १० लाख रुपैयाँ ५ वर्ष बितिसक्दा समेत नपाएको गुनासो छ ।

हाई हिमालयले परीक्षण सुरुङ खन्ने क्रममा ३५ जना नेपाली सेनाको टुकडी रहने गरी क्याम्प निर्माण गरेको र त्यहाँ ६–७ महिना सेना बसेको थियो । स्मेककै कारण पूर्णरूपमा काम हुन नसकेको बताइएको छ ।

लामो समयसम्म रकम भुक्तानी नपाउँदा हाई हिमालयले स्मेक विरुद्ध मुद्दा दायर गर्ने तयारीमा रहेको बताइएको छ । स्मेक त्यही कम्पनी हो, जसले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशय जलविद्युत् आयोजना विकास गर्ने भन्दै १७ वर्षसम्म ओगडेर अन्त्यमा नेपाल सरकारबाट निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३