विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) सँग संयुक्त रूपमा डिग्री प्रदान गरिने इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रम सुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केयु र आईआईटीएमबीच भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी पत्र एवं सम्झौता अनुरुपनै अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रम सुरु भएको हो ।

केयु र आईआईटीएमबीच ‘मास्टर्स अफ टेक्नोलोजी इन इनर्जी’ सिस्मम्स’ कार्यक्रममो थालनी भएको हो । केयुले विद्यार्थी भर्नाको पहिलो ब्याचको लागि आवेदन समेत आव्हान गरेकाे छ । उक्त कार्यक्रम काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक हुन गइरहेको केयुले जनाएकाे छ । 

सन् १६ मे २०२२ का दिन स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय, धुलिखेल, नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास, भारतद्वारा यी दुई संस्थाबीच सन् २० जुलाई १९९८ मा हस्ताक्षर गरिएको समझदारी पत्रको नवीकरणको रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

लुम्बिनीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा उक्त समझदारी पत्र हस्ताक्षर समारोह सम्पन्न भएको थियो । उक्त समझदारी पत्रले यी दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशनको आदानप्रदान र सांस्कृतिक तथा बौद्धिक सम्वृद्धिका अवसरहरूको आधार तयार गरेको छ ।

केयु र आईआईटीमद्वारा संयुक्त रुपमा सञ्चालन गरिने दुईवर्षे उक्त कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरुलाई उर्जाका विभिन्न क्षेत्रमा रहेका आधारभूत सीपहरु उपलब्ध गराउनु रहेको र सफलतापूर्वक उक्त कार्यक्रम पूरा गर्ने विद्यार्थीहरुलाई यी दुवै विशिष्टिकृत संस्थाको लोगो अंकित शैक्षिक प्रमाण पत्र र ट्रान्सक्रिप्टद्वारा दिक्षित गरिने जानकारी विश्वविद्यालयका एसोसिएट प्रोफेसर थापाले दिए ।

उक्त कार्यक्रमले दुवै विशिष्टिकृत संस्थाका एरोनटिकल, एप्लाइड मेकानिक्स, केमिकल, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, वातावरण, मेटलर्जिकल, मटेरियल इन्जिनियरिङ्, ओशन इन्जिनियरिङ, रसायन विज्ञान, भौतिक विज्ञान, मानविकी, र सामाजिक विभागहरूका विशेषज्ञतालाई एकीकृत गरी उर्जा, प्रविधी र समाजका विभिन्न बहुआयामिक पक्षहरुमा टेवा पुर्याउनेछ ।

उक्त कार्यक्रमको शैक्षिक सत्र २५ जुलाई २०२२ बाट सुरु हुनेछ र सो अनुरुप पहिलो र दोस्रो सेमेस्टर काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुनेछन् र पठनपाठन का गतिविधी भने दुबै शिक्षण संस्थाहरुद्वारा हाइब्रिड मोडमा गरिनेछ, साथै पछिल्ला सेमेस्टरका पठनपाठन तथा प्रयोगशालाका कार्यहरु आईआईटीएममा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit