काठमाडौं । इस्ट्रन हाइड्रो पावर कम्पनीले ६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि छुट्याएको साधारण सेयर भदौ ७ गतेबाट निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्र्पूण स्थानीयका लागि सेयर निष्कासन गर्न लागिएको हो ।
स्थानीयले न्यूनत १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा भदौ २१ गतेसम्म र ढिलोमा असोज ५ गते सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटका पिखुवा खोला जलविद्युत आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमित विद्युत उत्पादन गरिरको छ ।