विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले निष्कासन गर्ने तयारी गरेको प्राथमिक सेयरप्रति असहमति जनाउँदै आयोजनाका न्यून प्रभावित स्थानिय बासिन्दाले आयोजानको कार्यालय तोडफोड गरेका छन् । आयोजनाको न्यून प्रभावित स्थानीय बासिन्दाले अति प्रभावितको सूचिमा राख्न माग गर्दै साइट कार्यालय तोडफोड गरेका हुन् ।

जिल्लाको आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर ३, गल्लाङका स्थानीयले (आइतबार) आज कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् । आयोजनाबाट अति प्रभावित क्षेत्र वडा नम्बर ५ का स्थानीय बासिन्दा सरह सेयर माग गर्दै ठूलो समुहले साइटको कार्यालय, गाडी, मोटरसाइकल तोडफोड गरि कर्मचारीलाई कुटपिट गरेका हुन् ।

एक कर्मचारीलाई गम्भिर चोटपटक लागेको र बाँकीलाई सामान्य चोटपटक लागेको कम्पनीले जनाएको छ । स्थानीयले माथिल्लो तटीय क्षेत्र भन्दै आफूहरूलाई कम सेयर दिन खोजिएको भन्दै विरोध गर्दै आएका थिए । तर, अहिले पुरानो सहमति अनुसार प्रक्रिया पूरा सेयर निष्कासन गर्ने तयारी गरेपछि स्थानीयले असन्तुष्टि देखाउँदै तोडफोड गरेका छन् ।

२०७६ माघ २५ गते बसेको वैठकको निर्णय अनुसारनै आयोजनाबाट अति प्रभावित, प्रभावित, सामान्य प्रभावित, र न्यून प्रभावित क्षेत्र छुट्याइएको छ, त्यही अनुसार नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाइसकेकोले अब परिवर्तन गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

सान्जेन जलविद्युत कम्पनीले आगामी भदौ ५ गतेदेखि ३६ लाख ५० हजार कित्ता साधारण सेयर गरी सूचना सार्वजनिक गरीसकेको छ । जिल्लाको अति प्रभावित आमाछोदीङमो गाउँपालिका वडा नम्बर ५, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने लाइनबाट प्रभावित सोही पालिका वडा नम्बर ४, सामान्य  प्रभावित सोही पालिकाको वडा नम्बर १, २ र ३ र न्यून प्रभावित जिल्लाको बाँकी सम्पूर्ण बासिन्दाका लागि सेयर निष्कासन गरीनेछ ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले छिटोमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीले रसुवाको आमादोदिङ्गो गाउँपालिकामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit