विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इष्टर्न हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेदन अवधि एक दिन थप भएको छ । कम्पनीको सेयर आवेदन दिने आज कातिक १ गते अन्तिम दिन रहेकोमा सरकारले सार्वजानिक बिदा दिएकोले आवेदन दिने अवधि थप भएकाे हो । 

सय रुपैयाँ अंकित ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिएकोमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ५ लाख ६५ हजार ६ सय ९० कित्ता सेयर बाँडफाँड गरेको कमपनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको र बाँकी ६ लाख २३ हजार ३ सय ९८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सर्वसधरणले कातिक २ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको भोजपुरमा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ११ लाख ७४ हजार ६ सय ९८ रुपैयाँ र आयोजनाको कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४ सय ५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit