विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडको साढे ११ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले कास्कीमा निर्माण सम्पन्न भएकाे १३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गरेको हो ।

सय रुपैयाँ अंकित ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुन आउने अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने अर्थात  ३४ हजार ५ सय कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको छ । बाँकी, १० हजार ५८ सय कित्ता सेयर सार्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउँछन् । आवेदकले छिटोमा असोज २ गतेसम्म र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्ध तोकिएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कास्कीमा निर्माण सम्पन्न भएको १३ मेगावाट मद्क् यु जलविद्युत अयोजनाले विगत २०७४ चैत १९ गतेदेखि नियमति विद्युत उतपादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit