काठमाडौँ । युनाइटेड मेवा खोला हाइड्राे पावर लिमिटेडको साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
उक्त नियुक्ती सम्बन्धी सम्झौता आज एक समारोहका बीच भएको हो । सम्झौता पत्रमा युनाइटेड मेवा खोलाका कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्राेपावर लिमिटेडको साधरण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
कम्पनीले ताप्लेजुङ जिल्लामा ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।