विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय गौरव तथा पहिलो र दोस्रो प्राथमिकतामा परेका १० आयोजनाको काम ८० प्रतिशत बढी सकिएको छ । महालेखा परिक्षकले बुधबार (असार २९ गते) सार्वजनिक गरेको प्रतिवेदनमा १० आयोजनाको काम अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ ।

ऊर्जातर्फ परेका ४० आयोजनामध्ये पहिलो प्राथमिकतामा ३८ आयोजना छन् । यी आयोजनामध्ये १० आयोजनाको काम ८० प्रतिशत सकिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, १३ आयोजनाको ५० देखि ८० प्रतिशत काम सकिएको छ । बाँकी १५ आयोजनाको भने ५० प्रतिशत भन्दा कम प्रगति देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, दोस्रो प्राथमिकतामा परेका २ आयोजनामध्ये एक आयोजनाको काम पनि ८० प्रतिशत बढी सकिएको छ । बाँकी एक आयोजनाको ५० देखि ८० प्रतिशत सकिएको छ ।

जलस्रोत तथा सिँचाइ तर्फको २२ आयोजनाको निर्माण ८० प्रतिशत बढी सकिएको छ । ७ आयोजनाको प्रगति ५० देखि ८० प्रतिशत र ४ आयोजनाको प्रगति ५० प्रतिशत भन्दा न्यून रहेको छ । राष्ट्रिय गौरवमा परेका यी आयोजनाको कार्यान्वयनमा प्रभावकारीता ल्याई कार्य प्रगतिमा सुधार गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।

२०७७÷७८ सम्म राष्ट्रिय गौरव तथा पहिलो र दोस्रो प्राथमिकतामा ७३ आयोजना परेका छन् । जसमा १९ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit