विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा अध्यक्षको उम्मेदवारी दिएका इन्जिनियर किरण मल्ल प्रतिस्पर्धाबाट बाहिरिएका छन् । इपान निर्वाचन समितिले विधानअनुसार उनको योग्यता नपुगेको भनेपछि उनी सो प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

मल्लले यसमा आफूलाई नियोजितरूपमा अयोग्य घोषित गरेको भन्दै आफू कानुनी प्रक्रियामा जाने बताएका छन् । उता, मल्ललाई नियोजितरूपमा अयोग्य घोषित गरेपछि अध्यक्षका प्रतिस्पर्धी गणेश कार्की लगायतको समूहले आफूहरू निर्विविरोध निर्वाचित भएको स्वघोषणा गरेको छ ।

अध्यक्षमा नाम दर्ता गर्ने समयमा योग्य ठहरिएको तर निर्वाचन हुने अन्तिम समयमा आएर अयोग्य घोषणा गरिएको आफ्नो गम्भीर ध्यानाकर्षण भएको मल्लले बताए । ‘विधानले अयोग्य ठहर्याएको भए, मेरो उम्मेदवारी नै दर्ता नहुनुपर्ने हो,’ उनले बुधबार साँझ गरेको पत्रकार सम्मेलनमा प्रश्न गरे, ‘निर्वाचन अधिकृतले अदालतमा उपस्थित भएर मेरो मनोनयन योग्य भन्ने अनि यता आएर अयोग्यको पत्र दिने कस्तो पारदर्शीता हो ?’

सिंगो निजी जलविद्युत तथा ऊर्जा क्षेत्रको बदनाम हुने गरी गरिएका यस्ता गतिविधि तुरुन्त रोकिनुपर्ने र यसका लागि आफू कानुनी प्रक्रियामा जाने मल्लले बताए । यस्तै, इपानका महासचिव गोरे शेर्पाले समेत बदनियतपूर्ण तरिकाले विधान संशोधन गरिएको र विधान विपरित निर्वाचन निर्देशिका जारी गरिएको बताए । ‘मैले गैरन्यायिक रूपमा विधान संशोधन नगरौं भनेर धेरै भने तर मेरो कुरा कसैले सुनेन, संस्थाको हितअनुकूल कुरा राख्दा ममाथि आक्रमण गर्ने सम्मका गतिविधि भए,’ उनले भने, ‘यो अलोकतान्त्रिक विधान संशोधन नहुँदासम्म इपान स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था हुनै सक्दैन ।’

इपानले महासचिवलाई नै बेवास्ता गरेर विधान संशोधन गरेको र सोही अनुसार निर्वाचन निर्देशिका तयार गरिएको पनि शेर्पाले बताए । अहिले भएको सम्पूर्ण गैरजिम्मेवारपूर्ण गतिविधि अध्यक्ष कृष्णप्रसाद आचार्यको निर्देशनमा भएको उनले आरोप लगाए ।

इपान कार्यसमिति सदस्य अविज्ञा मल्लले समेत इपान यतिसम्म अलोकतान्त्रिक ढंगबाट सञ्चालन हुन्छ भन्ने आफूले कल्पना सम्म नगरेको बताइन् । ‘म एउटा उत्साह र उमंगका साथ इपानमा प्रवेश गरेकी थिएँ, तर त्यहाँ त जालसाक्षी, षडयन्त्र र धोकाधडीका काम हुँदा रहेछन्,’ उनले भनिन्, ‘एउटा व्यावसायिक संस्थामा यस्तो राजनीति हुनु कुनै अवस्थामा पनि सही मान्न सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३