विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी यो गाउँका साढे २ सय घरधुरीमा विद्युत पहुँच पुर्याएको हो ।

शनिबार साँझबाट मुदी गाउँमा विद्युत पुगेको प्राधिकरण म्याग्दी वितरण केन्द्र प्रमुख प्रशान्तकुमार झाले बताए । उनका अनुसार मुदी र खाम्ला गाउँमा एक/एक सय एमभिए क्षमताका वितरण  ट्रान्सफर्मर राखेर विद्युतीकरण विस्तार गरिएको हो ।

२०७६ चैतमा नै वितरण लाइनको तार तान्ने काम गरिए पनि कोरोना महामारी, लकडाउन तथा निषेधाज्ञाका कारण काम प्रभावित हुँदा लक्ष्यभन्दा १ वर्ष ढिलो गरी विद्युत पुर्याएको पनि उनले बताए । ‘गत वर्ष नै यो गाउँमा विद्युत पहुँच पुर्याउने गरी काम भइरहेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘केही ढिला गरी भए पनि गाउँमा विद्युत पहुँच पुर्याउन सफल भएका छौं ।’

गाउँपालिकाको ४ नम्बर वडाकै खाम्ला, खारा र बाँसबोटका ६५ घरमा यसअघि नै विद्युतीकरण भइसकेको छ । गाउँमा विद्युत पुगेपछि हिजोसम्म उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर रहेका स्थानीयवासी हर्सित भएका छन् ।

विद्युत पहुँच पुगेपछि विद्युतीय उपकरण चलाउन, बत्ती बाल्न र विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर पनि सृजना भएको प्राधिकरणले जनाएको छ । जिल्लाको मुनास्थित गाउँपालिकाको कार्यालयमा विद्युतीकरण भइसकेको छ ।

मुदीको थलडाँडामा रहेको नेपाल टेलिकमको बिटिएस टावरमा पनि विद्युत सेवा विस्तार गरिएको छ । दर हुँदै थलडाँडासम्म विद्युत विस्तार गर्न गाउँपालिकाले लगानी गरेको छ । 

मुदी र मुनाका सबै घरधुरीमा विद्युतीकरण भएपछि धवलागिरिलाई उज्यालो पालिका घोषणा गर्ने तयारी छ । यसअघि धवलागिरिको वडा नम्बर ७ ताकम र वडा नम्बर ६ मराङको करिब डेढ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुगिसकेको छ । 

२०७६ कात्तिकमा वडा नम्बर २ लुलाङमा लघुजलविद्युत र वडा नम्बर ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत परियोजनामार्फत विद्युतीकरण गरिएको छ । 

पालिकाका सबै घरमा विद्युत सुविधा पुर्याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको छ । धवलागिरिको बाँकी फलिगाउँ, मुना, दर र मङ्गलाको अर्मनमा पनि छिट्टै विद्युतीकरण गरिने झाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit