विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । योसँगै जिल्लामा ६ हजार ७ सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ । 

उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।

उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०/८१ का लागि कार्यालयलाई पुँजीगततर्फ २५ करोड विनियोजन गरिएकामा २१ करोड खर्च भएको छ । 

बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्याविङको योजना सञ्चालन हुन नसकेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३