विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर शुक्रबार (आज) बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भर्चुअल माध्यमबाट बाडफाँँड गरिएकाे हो ।

बिक्री प्रबन्धकका अनुसार आवेदकमध्ये २ लाख ३४ हजार १ सय ९५ जनाले गोला प्रथाबाट १० कित्ता सेयर पाएका छन् । ४ जनाले  थप एक कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीको सेयर किन्न १६ लाख ३७ हजार ६ सय ५९ आवेदकले २ करोड ४६ लाख ४५ हजार ७ सय ३५ कित्ताका लागि आवेदन दिएका थिए । यो कम्पनीले माग गरेको भन्दा १०.५२ गुणा बढी हो ।

कम्पनीले गत बैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो ।

यस्तै, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरीएको थियो ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको झण्डै ४ वर्षपछि साधारण सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले २०७४ साल असार २७ गते कम्पनीमा सेयर निष्कासनको अनुमतिका लागि आवेदन दिएको थियो ।

जलविद्युतको विकासमा लगानी गर्ने उद्देश्यले २०६६ साल मंसिर १५ गते यो कम्पनी स्थापना भएको हो । अहिलेसम्ममा कम्पनीले लगानी गरेका ८.५८ मेगावाटका जलविद्युत अयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । १८३ किलोवाटको स्याङ्गे, ४ मेगावाटको खुदी र ४.४ मेगावाटको राधी सिइडिबीको लगानीका आयोजना हुन् ।

यस्तै, कम्पनीको लगानी भएका ५ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । ११ मेगावाटको तल्लो खारे, १२ मेगावाटको दोर्दी खोला–१, ५ मेगावाटको रुकुमगाड, ४५ मेगावाटको कसुवा खोला निर्माणाधीन छन् । ३० मेगावाटको न्यादी बुटवल पावर कम्पनीसँग लगानी साझेदारीमा निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३